सूचनाको शक्ति - The Power Of Information

        

बालविवाह मुक्त घोषणा

जानकी गाउँपालिका वडा नम्बर ३ बालविवाहमुक्त वडा घोषणा

योसंगै १४ वटा वडा बाल विवाहमुक्त घोषणा

बाँके । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ बाल विवाहमुक्त वडा घोषणा भएको छ । वडालाई बिहीवार एक कार्यक्रमका बीच बाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।

घोषणासभामा जानकी गाउँपालिकाकी उपाध्यक्ष भूमीसरा धिताल, वडा नम्बर ३ का अध्यक्ष विन्देश्वरी कुर्मी, स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेलगायतको उपस्थिती थियो ।

योसंगै बाँकेमा १४ वटा वडा बाल विवाहमुक्त घोषणा भएका छन् । बाल विवाहमुक्त अभियान सञ्चालन निर्देशिका अनुसार वडामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको छ ।

८१ वडा रहेको बाँकेमा नेपालगञ्जका ४, जानकीका ४, कोहलपुरका ३, खजुराको २ र बैजनाथको एउटा वडा बाल विवाहमक्त वडा घोषणा भएको प्लान नेपालको सहयोगमा बाल विवाहविरुद्ध काम गर्दै आएको सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालका बालविवाह रोकथाम परियोजना प्रमुख जगदिश थापाले जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १७:१०