बझाङ्ग । बझाङ्गको थलारा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो भनाई राख्दै आफ्नो पेसा जोगाउनमा स्थानिय सरकारले ध्यान दिनुपर्ने थलाराका बादी समुदायका अगुवा मदन बादीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नत हाम्रो जग्गा छ । आफ्नो भन्ने त्यहि पेसा मात्र हो । त्यहि पेसा पनि धरापमा छ । हामीले बनाउने माटाका भाँडाहरु विक्रि हुनै छाडे, स्थानिय सरकार संग अन्य योजनाहरु माग्नलाई नत जग्गा जमिन छ ।
जमिन भए सिंचाई कुलो नहर बनाई माग्न आग्रह गथ्र्यौ । गोरु, बाख्रा भए बन सम्वन्धी कार्यक्रम माग्थ्यौ । घर बाहेर अरु छैन, त स्थानिय सरकारबाट के माग्नु ।’ आफ्नो पेसा बचाई राख्न तथा पेसालाई प्रोत्साहान गर्न गाउँपालिकाले आफ्नो समुदायको पेसालाई विशेष प्राथमिकतामा राख्नुपर्ने समेत मदन बादीले बताउनुभयो ।
बादी समुदायले परम्परा देखिनै माटोका सुल्पा, सरौल्या, माठ, गाग्री, चिलिम आदि बनाएर बेच्दै आएको भए पनि पछिल्लो समय प्लाष्टिकका भाँडाहरु बजारमा आउन थालेपछी र सस्तोमा घर नजिकै पाउन थालेपछी आफुहरुको पेसा धरापमा परेको माटोका भाँडा बनाउदै आउनुभएको रुपसिग्या बादीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले बजारमा प्लाष्टिक, सिलभर, तामाका भाँडाहरु आए । हामीले बनाएका भाँडाहरु विक्रि हुन छाड्यो । नत रोजगारी छ, न सामान विक्रि हुन्छ ।’ ‘पेसालाई व्यवस्थित गर्न तथा जोगाउन गाउँपालिकाले विशेष ध्यान दिन आवश्यक रहेको समेत स्थानिय रुपसिग्या बादीले बताउनुभयो ।
पहिला – पहिला माटोका भाँडा बनाएर, नाचगान गरेर पैसा कमाउने गरेको र पछिल्लो समय बजारमा माटोका भाँडाको सट्टामा धातुहरुबाट बनेका भाँडाहरु आए र नाचगानको सट्टामा हातहातमा मोबाईल भएकाले पहिले जस्तो नाचगान गराउने ठाउँ पनि आज भोली नबोलाउने गरेको स्थानिय रंङ्गे बादीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिला माटोमा भाँडाहरु आ–आफ्ना (भाग्या) मालिक कहाँ लिएर अन्नपात ल्याँऔथ्यौ । अहिले पहिले जसरी मालिकहरुले पनि वास्ता गर्न छोडे अहिले पेसानै धरापमा परेको छ ।’
यता थलारा गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत पदम ओलीले गाउँपालिकाले यस बर्ष उधोग सम्वन्धी विभिन्न कार्यक्रमहरु ल्याएकाले बादी समुदायलाई सोहि कार्यक्रममा समावेश गरेर लैजाने र उनिहरुको पेसालाई प्रोत्साहन स्वरुप माटोका भाँडाहरु बनाउन चाहिने केहि सामाग्रीहरु पनि सहयोग गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले पहिले देखि नै स्थानिय तहहरुका पेसा व्यवसायीहरुलाई तथा पेसालाई प्रोत्साहन गर्नको लागि अघिल्ला बर्षहरुमा निगालोबाट बनेका डस्विन, टोपी, डोका लगाएतका सामाग्रीहरु खरिद गरेर गाउँपालिकामा प्रयोग गरेको र प्रचारको लागि बजार तिर पनि पठाएका हौ । पछिल्लो समय निगालोबाट सामानहरु बनाउन छोड्न थालेका छन् ।’
पुस्तान्तरण नहुदाँ लोभ हुनथाल्यो बादी समुदायको पुख्यौँली पेसा
बादी समुदायको पेसाको रुपमा रहेको माटोका भाँडाहरु बनाउने काम पुस्तान्तरण नहुदाँ लोभ हुन थालेको छ । आफुले सिकेको काम तथा माटोका भाँडा बनाउने काम आफु भन्दा पछिल्लो पुस्ताले नसिक्दा लोभ हुन थालेको थलाराका स्थानिय बलु बादीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यसै गरी पुस्ता हस्तान्तरण नहुने हो भने भोली बादी समुदायले माटोको काम गर्थे रे भन्ने दिन नआउला भन्न सकिन्न । पेसा नै लोभ भएपछी क्याले लाउने, क्याले खाने समुदायमै भोकमरी हुन्छकी भन्ने डर लागेको छ ।’
।