सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयोगले स्वीकार्‍यो झलनाथ हस्ताक्षर सनाखत

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेता झलनाथ खनालको हस्ताक्षर सनाखत भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत खनालको हस्ताक्षर सनाखत गरिएको हो ।

एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी दर्ता गर्न नेताहरुले दिएको निवेदनमा निर्वाचन आयोगले बुधबार केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो ।

तर खनाल स्वास्थ्य उपचारका लागि दिल्लीमा रहेका कारण सनाखतका लागि निर्वाचन आयोगमा आउन असमर्थ थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १८:२४