सूचनाको शक्ति - The Power Of Information

        

बुधबार २४ सय संक्रमित थपिए, ४४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७११ पीसीआर परीक्षण गर्दा १ हजार ८६२ जना र ५ हजार ५७९ एन्टिजेन परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसमा पछिल्लो २४ घण्टामा मृत्यु भएका र केही दिनअघि नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्या समेत जोडिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुधबार १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १८:२२