सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा कक्षा १२ का बिद्यार्थीलाई कोरोना विरुद्धको खोप दिइने

बाँके । बाँकेमा कक्षा १२ का बिद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ ।

यही भदौ ११ र १२ गते आठवटै पालिकामा कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेका खोप दिन लागिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

उहाँका अनुसार, २०७७ सालमा एडमिट भएर परीक्षा दिनका लागि प्रवेश पत्र हातमा लिएका १८ वर्षमाथिकालाई मात्रै खोप दिइने छ । बाँकेमा ६ हजार १ सय ५८ जना विद्यार्थीलाई खोप दिने लक्ष्य लिएको शर्माले बताए ।

साउन ३१ गतेदेखि शुरु हुने भनिएको परीक्षा भाइरस संक्रमणको जोखिमकै कारण अर्को सूचना नभएसम्म स्थगित गरिएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १८:१६