सूचनाको शक्ति - The Power Of Information

        

मधेशवादी दलको समस्या देशकै समस्या : हृदयेश त्रिपाठी

बाँके । पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेपालका अदालतमा न्यायमुर्तिको अभाव देखिएको बताएका छन् ।

अवधी पत्रकार संघ नेपालले बुधवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले शेर बहादुर देउवालाई सिधै प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशले त्यसको पुष्ट्याई गरेको जिकिर गरे ।

पूर्वमन्त्री त्रिपाठीले तराईमा देखिएको मधेशवादी दलको समस्या देशकै समस्या भएको बताए । उनले मधेशी दलको समस्या समाधानमा सरकार गम्भीर नभए यसले देशमै समस्या सृजना पार्ने चेतावनी समेत दिए ।

अहिले नेपालका दलहरू सिद्धान्तका आधारमा नभई व्यक्तिगत रिसिविई र अहमताका आधारमा विभाजित भइरहेको उनको तर्क छ । नेकपा एमालेसँगको आफुहरूको यसअघिको सहकार्य निर्वाचनपछि सकिएको उनको भनाइ थियो ।

संघका केन्द्रीय अध्यक्ष राकेश मिश्रको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेता एवं समाजसेवी पशुपति दयाल मिश्र, जगदीश प्रसाद शुक्लालगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १८:१३