सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बुधवार ९ जनामा कोरोना पुष्टि, ११ डिस्चार्ज

बाँके । बाँकेमा बुधवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ७८ नमुना परिक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ७ जना र बागेश्वरी प्रयोगशालामा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

बुधवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ८ जना छन् । तीमध्ये नेपालगञ्ज र कोहलपुरका ४–४ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ९ सय ३२ पुगेको छ ।

यस्तै बुधवार ११ जना डिस्चार्ज भएका छन् । योसंगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ८५ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १२७ रहेको छ ।

सिकिस्त बिरामी १४ जना छन भने मध्यम बिरामी ३३ जना रहेका छन् । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १८:०७