सूचनाको शक्ति - The Power Of Information

        

प्रदीप नेपाल पनि माधवतिरै, आयोगमा पुगेर सनाखत

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा खुलेका छन् । एमालेकै पक्षमा रहेको बताइरहेका उनी बुधबार निर्वाचन आयोग पुगेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा हस्ताक्षर गरेका छन् ।

लामो समयदेखि बिरामी नेपाल सनाखतका लागि बैसाखीको सहारामा निर्वाचन आयोग पुगेका हुन् । उनलाई माधव नेपालनिकट विद्यार्थी नेता सुदेश पराजुलीसहितले निर्वाचन आयोगमा लगेका थिए । माधव समूहले बुझाएको केन्द्रीय कमिटी सदस्यको सूचीमा नेपालको पनि नाम राखिएको थियो ।

निर्वाचन आयोगमा अहिले नेपाल समूहले नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत भइरहेको छ । सनाखतका लागि माधव नेपालसहित उनी पक्षीय नेताहरु चन्द्रागिरि हिल्सबाट दुईवटा पर्यटक बसमा चढेर सिधै निर्वाचन आयोग पुगेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १२:१५