काठमाडौं । विश्व बैंकले अफगानिस्तामा परियोजनाका लागि दिने गरिएको सहयोग रोकेको छ । अफगानिस्तान तालिबानले कब्जा गरेपछि विश्व बैंकले यो ठूलो निर्णय गरेको हो ।
विश्व बैंकका प्रवक्ताले बीबीसीसँग भनेका छन्, ‘हामीले अफगानिस्तानमा भुक्तानी रोकेका छौं । हामीले हाम्रो आन्तरिक नीति र प्रक्रियाका आधारमा अफगानिस्तानको वर्तमान अवस्थाप्रति निगरानी गरिरहेका छौं । हामी अन्तर्राष्ट्रिय साझेदारका साथै विकासमा सहभागी मानिससँग संवाद जारी राख्छौं । हामी आफ्ना साझेदारसँग मिलेर अफगानिस्तानका मानिसको मद्दतका लागि प्रयास जारी राख्छौं ।’
।