सूचनाको शक्ति - The Power Of Information

        

वैदेशिक रोजगारीमा गएका पति घर नफर्किएपछि…

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाकी एक महिलाले आफैँले जन्माएको नवजात शिशुको हत्या गरेकी छन् । डिलाशैनी ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले अवैध यौन सम्बन्धबाट जन्भिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको प्रहरीले जनाएको छ ।

अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । माधवीले नवजात शिशुको हत्या गरेको भन्दै उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए । माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

उनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । उनका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारमा गएका थिए । उनी अझै घर फर्किएका छैन । पति उतै बेपत्ता भएपछि उनको परपुरुषसँग सम्बन्ध भएको आफन्तको भनाई छ । माधवीका १३ वर्षीय एक छोरा छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १०:३०