पृष्ठभूमी
कुकुर मानिसका सबैभन्दा नजिकका आज्ञाकारी सहयोगी अनि साथी मानिन्छन् । प्रायःजसो साना नानीहरु कुकुरलाई आफ्ना आत्मिय साथी ठान्दछन् । कुकुरको स्याहार सुसारमा लाग्दा मानिसको मनोवैज्ञानिक स्वास्थ्यमा सुधार ल्याउँछ । कुकुरको स्याहार सुसारमा संलग्न हुने व्यक्ति शारीरिकरुपमा बढी क्रियाशिल रहन्छ । कुकुरले मानिसलाई एक्लो एकाङ्किपन हुन बाट बचाउँछ ।
कुकुरलाई स्याहार सुसार गर्दा, खेल्दा, डुल्दा रक्तचाप जन्य स्वास्थ्य समस्या कमी गराउँछ । मुटुजन्य रोगबाट प्रभावित विरामी जसको शल्यक्रिया गरिएको छ, त्यस्ता प्रभावित व्यक्ति यदी कुकुरको समिपमा समय विताउने गरेको भए कुकुर नपाल्नेभन्दा पाल्ने मानिस १ देखि २ बर्ष बढी बाँच्ने गर्दछन् ।
शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले कुकुरलाई सहयोगीका रुपमा पाल्ने हो भने त्यो कुकुर तपाईको प्रवेश गरेको ६ महिनाभित्र करिव ७० प्रतिशत सहयोगीले गर्ने कुकुरले सहयोग पुर्याउँछ । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई कुकुरले आत्मियता देखाउनुका साथै यसबाट उत्पन्न हुने हिनताबोध कम गराउन मदत पुर्याउँछ । म बेसाहारा छु भन्ने अनुभूति गर्नुको साटो म आफै सक्षम छु भन्ने आत्मविश्वास जगाउँछ ।
कुकुर धनी/कुकुर पालकहरुको सामाजिक जिम्मेवारी
तपाईले पाल्न चाहनु भएको कुकुरको जात, अनि कुकुरको बच्चाको छनौट चनाखो भई गर्नुस् । कसैको भनाई सुनेर छनौट गरी सकेपछि पशु चिकित्सकसंग परामर्श गर्नुहोला र यसवारे तपाईको कम्पाउण्ड अवस्थित अनुसार त्यो कुुकुरका बानि व्यहोरा तथा कुकुर सहजरुपमा हुर्किन्छ वा झिजो मान्ला यसबारे उपयुक्त परामर्श तपाईले पाउनु सक्नुहुनेछ ।
तपाईले पाल्ने कुकुर तपाईको घर कम्पाउण्ड, अनि तपाईका घरका सदस्य, अनि घरमा भएका अन्य जनावरसँग सजिलै सौहार्दरुपमा तालमेल गर्न सक्ने वातावरण बनाउनुहोला । जसले गर्दा तपाईले पाल्न ल्याएका बच्चामा डर वा त्रास महसुर नगरी म यहाँ सुरक्षित पनि छु । अनि मलाई यहाँको वातावरणमा मलाई कसैले जिस्काउँदैन भन्ने विश्वास होस् । तपाईको घरपरिवारमा चार बर्षमूनिका केटाकेटी छन् भने घरमा कुुकुर ल्याएर पाल्ने जमर्काे नगर्नुहोला ।
किनभने घरमा पालेको कुकुरको टोकाईको जुठोमा प्रायःजसो साना नानीहरु नै पर्ने गर्छन् । कुकुरलाई उचित तालिम प्रशिक्षण दिनुहोस् । जस्तै बस, त्यही उभिनु, भो नगर्नु, यता आउ जस्ता गतिविधि बारेमा कुकुरलाई तालिम दिनुहोला । अझ कुकुरसँग हलुका मनोरन्जनमूलक खेल खेल्ने गर्नुस् र हेर्नुस् तपाईको कुकुर कति आज्ञाकारी हुँदोरहेछ । तर कुकरलाई झिझों लाग्ने, उचाल्ने, पछार्ने, घिसार्ने थिचोर्नेजस्ता खेला वा क्रियाकलाप नगर्नुहोला ।
कुकुरलाई सार्वजनिक स्थालमा डुलाउन लैजाँदा सिक्री साङ्लो लगाएर लैजानुहोला । कुकुरलाई सधैं स्वास्थ्य अनि तन्दुरुस्त राख्नुहोला । यसका लागि रेविज लगायत तपाईको क्षेत्रमा देखापर्ने संक्रामक सरुवा, वा लसपसबाट सर्ने कुकुरको उमेर अनुसार नियमित लगाउनु बेस हुन्छ । जुका लुतो दादजन्य रोगको पूर्व नियन्त्रणका लागि बेलाबेलामा औषधी प्रयोग गर्ने गराउने गर्नुहोला । जति तपाईको कुकुर यस्ता रोगको अवस्थामा हुन्छन्, त्यति नै आक्रामक अनि किचकिचे हुन्छन् । यसैको आधारमा यी कुुकुरले तपाईका परिवारका सदस्यसँग कस्तो व्यवहार गर्छन् भन्ने एकिन हुन्छ ।
एउटा जिम्मेवार कुकुर धनि बन्नुहोस्
आफ्नो क्षेत्रमा स्थानिय निकाय/समुदायमा कुकुर दर्ता गराई राख्नुहोस् । कुकुरहरु सामाजिक प्राणी हुन् । यिनीहरुसँग बढीभन्दा बढी सामिप्यता राख्नुहोस् । हेला नगर्नुहोस् । एक्लै नछाड्नुहोस् । यस्ता अवस्थामा कुकुरहरुले डरलाग्दा व्यवहार देखाउने गर्छन् । कुकुरको परिवार नियोजन बध्याकरण गर्नुहोस् । किनभने यसो गरिएका कुकुरले टोक्ने झम्टने रिसाउनेजस्ता व्यवहार गरेका कुकुरहरु भन्दा तिन गुणा कम गर्छन् ।
कस्ता ठाउमा कुकुरले टोक्ने सम्भावना रहन्छ
५० प्रतिशत जति कुकुर पालेका घरमा यो समस्या हुनसक्छ । ७७ प्रतिशत जति प्रभावित हुने व्यक्ति कुकुर धनीका आफन्त तथा चिनजानका मानिस हुन्छन् । चार बर्षभन्दा मुनिका केटा केटीहरुमध्ये आधाजसो आफ्नै घरमा पालेको कुकुरको टोकाईमा पर्ने गरेका छन् । प्रति १० मध्ये ९ जनालाई आफ्नै घरको कुकुरले टोकेको हुनसक्छ । कुकुरहरुलाई अनावश्यक रुपमा जिस्काएमा प्रायःजसो कुकुरले मानिसलाई टोक्ने गर्छ ।
कुकुरले टोक्छ किन ?
आवश्यक तालिमको एवं सामाजिकीकरण नगरेमा, केटा केटीहरुले कुकुरसँग अनावश्यक रुपमा जिस्किएमा, कुकुर नजिक पुग्दा डराउने वा दोडी भाग्ने गरेमा, कुकुरहरुलाई अनावश्यक रुपमा उचाल्ने, पछार्ने, घिसार्ने गरेमा रिसले टोक्न सक्छ ।
कस्ता र कुन उमेर समुहका मानिस कुकुरको टोकाईमा पर्छन् ?
६० प्रतिशत केटाकेटी यसका शिकार हुन पुग्छन् । १२ बर्ष मुनिका ५० प्रतिशत केटा केटी बढी यसबाट प्रभावित हुन्छन् । जेष्ठ नागरिक, बुढाबुढी बढी टोकाईबाट प्रभावित हुन्छन् । घरमा चिठीपत्र पुर्याउने हुलाकी, विजुलीको मिटर जाच्न आउने कामदार प्राविधिक बढी पर्न सक्छन् ।
कुकुरको टोकाईबाट कसरी बच्ने ?
भुस्याहा, फिरन्ते अपरिचित कुकुर नजिक पुग्दा अलि सावधान हुनुपर्छ । साथै आफैले पालेको कुकुरलाई माया गर्ने गर्नुपर्छ । साना केटाकेटीलाई कुकुर नजिक एक्लै नछोड्नुहोस् । केटाकेटीलाई कुकुर नजिक जादा चनाखो हुन सिकाउनुपर्छ । केटाकेटीलाई अपरिचित कुकुरसँग खेल्न जिस्कनभन्दा पहिले सम्बन्धित कुकर धनीसँग अनुमति लिने कुरा सिकाउनपर्छ ।
कुकुर अगाडी पुग्दा भाग्न दौडने गर्नुहुँदैन, कुकुरले लखेट्ने, समात्नेजस्ता कार्य मन पराउँछन् । कुकुरले आफ्ना बच्चालाई दुध चुसाइरहेको बेला, सुतेको बेला अथवा खाना खाइरहेका बेला जिस्काउन चलाउनहुँदैन । कुकुरले भुकेको बेला तपाई अगाडी आइपुगेको बेला नभागी शान्त भई उभिनुस् । यसबाट कुकुरले तपाईबाट खतरा नभएको ठान्ने छ । आफै आफ्नो बाटो लाग्छ ।
कुकुरले झम्टिन खोजेमा शान्त भई उभिनुस्, नतर्सिनुस्, यस्ता कुकुरलाई सोझै आखा नतर्नुस, शान्त तर निडर भई हर्कानुस् नगएसम्म शान्त भएर उभिनुहोस् । फर्केर नभाग्नुस् । केही गरी कुकुरले भम्टन खोज्दा लड्नुभएछ भने भकुण्डोजस्तो आकारमा कुकरुक्क गरी बस्नुस्, दुवै हात टाउको तथा घाटीमूनि राखी मुख छोपी अनुहार सुरक्षित राख्नुस् ।
कुकुरको टोकाईबाट सुरक्षित रहन के गर्नुपर्ला ?
कुकुरहरु हाम्रो सामाजिक जीवनका अभिन्न सहयात्री हुन् । मानव तथा पशु कल्याणका लागि कुकुरहरुको जनसंख्या व्यवस्थित गरिनुपर्छ । सामुदायीक कुकुरहरुको जनसंख्या व्यवस्थित गर्दा यिनको श्रोतको पहिचान एकिन गरिनुपर्छ । स्थानीय परिस्थिति सुहाउँदो कार्ययोजना हुनुपर्छ । जसबाट कुकुरलाई त्रसीत नगरी रेबिजको त्रासबाट बच्न सकिन्छ । आफ्नो कुकुरप्रति स्वामित्व बोधकुकुर दर्ता गर्नुपर्ने ।
शिक्षा, सचेतना कुकुरको हेरचाह, छाडा, छाड्ने प्रवृति रोक्ने, कुकुरको टोकाइ अनि, रेबीजबाट बच्न । कुकुरको स्याहारमा सामुदायीक सहभागीता तीनको समस्या अनि जिम्मवारी तोक्नुस् । जिम्मेवार कुकुरधनी बन्न सहजीकरण गर्ने । न्युन मुल्य र निशुल्क बन्ध्याकरण तथा खोप सेवा दिने । यसका लागि सामुदायीक सरोकारवालाहरुको सामुहिक प्रयास अनिवार्य हुन्छ । (लेखक एम.भी.एस्सी प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)
।