सूचनाको शक्ति - The Power Of Information

        

काेराेना भाइरसबाट कुन देशमा कतिकाे मृत्यु ?

काठमाडौं । कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४४ लाख ४७ हजार २५३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २१ करोड २८ लाख ९३ हजार ५३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ६ लाख २९ हजार ८९१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ७४ हजार ८४८ जनाले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ३५ हजार ११० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा २ लाख ५३ हजार ५२६, पेरुमा १ लाख ९७ हजार ९२१, रुसमा १ लाख ७४ हजार ५४२, बेलायतमा १ लाख ३२ हजार १७४, इटालीमा १ लाख २८ हजार ८५५ र कोलम्बियामा १ लाख २४ हजार ३१५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार ०८:२६