सूचनाको शक्ति - The Power Of Information

        

समाचार

भेरी अस्पतालमै पित्तथैली क्यान्सरको शल्यक्रिया

बाँके । कोभिड महामारीका कारण क्रमशः सुविधा सम्पन्न बन्दै गएको पश्चिम नेपालकै सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालमा एकपछि अर्को गरेर विभिन्न सफल उपचार भइरहेका छन् ।

कोभिड महामारीमा देशकै उत्कृष्ट अस्पताल मानिएको नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक पित्तथैली क्यान्सरको सफल शल्यक्रिया गरिएको सो अस्पतालले जनाएको छ । अस्पतालमा पहिलो पटक राजापुर नगरपालिका–४ बर्दियाकी ४५ वर्षीया अनकली थारूको सफलतापूर्वक पित्तथैली क्यान्सरको सफल शल्यक्रिया गरिएको अस्पताल प्रमुख डा.प्रकाश थापाले बताए ।

उनले अस्पतालका ग्यास्ट्रोसर्जन डा.ध्रुव शाह नेतृत्वको टिमले सफलतापूर्वक सो शल्यक्रिया गरेको जनाए । उनका अनुसार पित्तथैलीमा पत्थरीको शल्यक्रियालाई जटिल मानिँदैन तर क्यान्सर भइसकेपछि भने अत्यन्तै जटिल मानिन्छ । पित्तथैली क्यान्सरको शल्यक्रिया निकै जटिल मानिने जनाउँदै शल्यक्रिया गर्ने टिमका लिडर डा.शाहले यो त झन् कलेजो र ग्रन्थी नै बाहिर निकालेर शल्यक्रिया गर्नुपरेकाले निकै जटिल शल्यक्रिया गर्न सफल भएको बताए ।

‘यो भेरी अस्पतालका लागि पहिलो र एकदमै जटिलखाले शल्यक्रिया थियो,’ डा.शाहले भने, ‘क्यान्सर भइसकेपछि अत्यन्तै जटिल हुन्छ । धेरैजसोको त शल्यक्रिया गर्नै मिल्दैन तर यो केसमा हाम्रो टिमले सफलतापूर्वक शल्यक्रिया ग¥यो र बिरामीको ज्यान जोगियो ।’ उनका अनुसार शल्यक्रिया सफल भएपछि बिरामी थारू डिस्चार्ज भएर घर गएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १७:३७