सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौँमा निषेधाज्ञा खुकुलो

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप आठ दिन लम्ब्याइएको छ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा भदौ १६ गतेसम्म बढाउने निर्णय गरेको हो।

उपत्यकाका सिडिओहरुले राति ८ बजेपछि सवारी चल्न नपाउने व्यवस्था पनि हटाएका छन्।

यस अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, दर्शकसहितको खेलकुद लगायतका भीडभाडयुक्त गतिविधि गर्न रोक लगाइएको छ।

यस्तै शैक्षिक संस्थाहरुमा पनि भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न पाइने छैन। तर जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक दूरी कायम गरेर परीक्षा भने सञ्चालन गर्न पाइने छ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १६:४१