सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा मंगलवार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि, १७ डिस्चार्ज

कुल संक्रमितको संख्या १७ हजार ९ सय २४

बाँके । बाँकेमा मंगलवार थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा १६३ नमुना परिक्षण गर्दा ३९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । यो परीक्षण गरिएका नमुनामध्ये करिव २४ प्रतिशत हो ।

भेरी अस्पतालमा १६, मेडिकल कलेज कोहलपुरमा २२ जना र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

आज संक्रमण पुष्टि भएका मध्य बाँकेका १९ जना छन् । तीमध्ये अधिकांश कोहलपुरका छन् । कोहलपुरका १३, बैजनाथ र राप्तीसोनारीका २–२ जना, नेपालगञ्ज र जानकीका १–१ जना रहेका छन् ।

योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ९ सय २४ पुगेको छ । यस्तै मंगलवार १७ जना डिस्चार्ज भएका छन् । योसंगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ७४ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १७० रहेको छ । सिकिस्त बिरामी १६ जना छन भने मध्यम बिरामी ३४ जना रहेका छन् । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १६:१७