काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ तथा सो पार्टीका अध्यक्ष माधव नेपालको अडानमा डटेर साथ दिएकी नेतृ रामकुमारी झाँक्रीलाई ठूलो चिठ्ठा पर्ने भएको छ । माधव नेपाल समूह कि प्रभावशाली नेतृ रामकुमारी झाँक्रीको चर्चा चुलिएसँगै उनले भनेकै हुने भएको हो ।
माधव कुमार नेपाल नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुग्दा सम्म उनको अनुहारमा खुशी भन्दा बढी तनाव देखिन्थ्यो । अत्तालिएका माधव नेपालको हात समाएर रामकुमारी झाँक्रीले निर्वाचन आयोगको कार्यालय भित्र लागेकी थिईन जुन तस्विर सामाजिक संजालमा भाईरल नै बन्न पुग्यो ।
माधव नेपाललाई केपी ओली विरुद्ध लड्न डटेर साथ दिएकी रामकुमारी झाँक्रीलाई सरकारमा ल्याउने तयारी भईरहेको छ । माधव कुमार नेपालको नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी)को दर्ता प्रक्रिया सकिएसंगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरिरहेका छन् ।
माधव नेपालको पार्टी दर्ता भएपछि माधव नेपाल पक्षबाट मन्त्री बन्ने लिष्ट पठाउन निर्देशन दिइएको छ । माधव नेपाल पक्षबाट मन्त्रीको लागि रामकुमारी झाँक्रीको नाम सुरुमा आउन थालेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत माधव नेपाललाई रामकुमारी झाँक्रीको तारिफ गरेका छन् ।
प्रचण्डले नै रामकुमारी झाँक्रीलाई उनले रोजे अनुसारको मन्त्रालय दिनुपर्छ भनेका छन् । उनको दक्षता अनुसार उनले रोजेको मन्त्रालय दिन प्रधानमन्त्रीसंग प्रचण्ड आफै कुरा गर्ने कुरा माधव नेपाललाई उल्लेख गरेका छन् । झाँक्रीले तत्कालीन नेकपा हुँदा केपी ओलीका कारण प्रचण्डले दुख पाएको भन्दै अभिव्यक्ति समेत दिएकी थिइन् ।
केपी ओलीले प्रचण्डलाई जालझेल गरेर पार्टी एकलौटी पारेको भन्दै प्रचण्डको समर्थनमा नेता झाँक्री बोलेकी थिइन्, जुन कुराको गुण प्रचण्डले अहिले आएर तिर्न लागेको बुझिएको छ । माधव नेपालले नयाँ पार्टी दर्ता गर्ने निर्णय गर्दै गर्दा उनको साथ भएका प्रभावशाली नेताहरु भीम रावलदेखि गोकर्ण बिष्ट सम्मले साथ दिएनन् तर रामकुमारी झाँक्री डटेर साथ दिइन् ।
माधव नेपाल आत्तीएको बेला रामकुमारी झाँक्रीले साथ दिएको कारण अहिले पार्टी दर्ता गर्न सफल भएको नेता नेपाल निकटहरुले भन्न थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भने रामकुमारी झाँक्रीलाई अहिले सरकारमा ल्याउन भन्दा उप–सभामुख बनाउने प्रस्ताव अगाडी सारेका छन् ।
रामकुमारी झाँक्रीलाई पहिलोपल्ट नै ठूलो मन्त्रालय दिन नसकिने भएकाले सम्मानजनक तरिकाले उप–सभामुख दिनुपर्ने प्रस्ताव माधव नेपाललाई राखेका छन् । माधव नेपाल र रामकुमारी झाँक्री समेत राजी भएका थिए, तर अहिले प्रचण्डले रामकुमारी झाँक्रीलाई रोजेको मन्त्रालय दिनुपर्ने माग राखेकाले रामकुमारी झाँक्री अहिले प्रफुल्ल छिन् ।
।