सूचनाको शक्ति - The Power Of Information

        

भारतमा ११ हजार ३५९ नयाँ संक्रमित थपिए, २६६ जनाको मृत्यु

काठमाडौँ । भारतमा थप ११ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो संख्या दोस्रो लहरको संक्रमण देखिएपछिको सबैभन्दा कम हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २४ लाख ६० हजार ३२८ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ३४ हजार ६९२ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २६६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार ५० पुगेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार ०७:५९