सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस क्रियाशील सदस्यता विवाद: आज ५ बजेभित्र प्रतिवेदन बुझाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज (सोमबार) बुझाउँदै छ । प्रतिवेदन अपराह्न ५ बजेभित्र बुझाउने समितिको तयारी छ ।

समिति सदस्य रमेश लेखकका अनुसार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासित समय माग गरिएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिले अपराह्न ५ बजेसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो ।

डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो । तर, समितिले भदौ पहिलो साता पुग्दा समेत प्रतिवेदन बुझाउन सकेको छैन ।

कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार ०८:३८