सूचनाको शक्ति - The Power Of Information

        

काबुलबाट भइरहेको उद्धार अभियानमा व्यवसायीक विमान प्रयोग गरिने

काठमाडौं । अफगानिस्तानबाट मानिसहरुको उद्धारका लागि व्यवसायीक जहाजहरु पनि प्रयोग गरिने अमेरिकाले जनाएको छ ।

उद्धार अभियानलाई थप तीव्र पार्नका लागि व्यवसायीक जहाजहरु पनि प्रयोग गर्ने तयारी भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो ।

अफगानिस्तानमा अगस्ट १५ मा तालिबान कब्जा गरेपछि हजारौँ अफगानीहरु देश छोड्न चाहन्छ । उनीहरु काबुल विमानस्थलको बाहिर भिडभाडसहित बसेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार दिएको जानकारी अनुसार एक हप्ताकोबिचमा अमेरिकाले अफगानिस्तानबाट २८ हजार मानिसको उद्धार गरेको छ ।

काबुल विमानस्थल बाहिर हजारौँ मानिस भिडभाड गरिरहेका छन् । अहिलेसम्म भागदौड तथा गोली लागेर कम्तीमा २० जनाको ज्यान गएको छ ।

केही मानिसको कुचिएर मृत्यु भएको नेटोका अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार ०८:२५