सूचनाको शक्ति - The Power Of Information

        

भारतमा एकैदिन २५ हजार बढिमा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा थप २५ हजार ४२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख ४८ हजार ९६९ पुगेको छ ।

साथै अहिले सम्म भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ४१ हजार ८२ रहेको छ ।

पछिल्लो २४ घटामा थप ३८५ संक्रमितको मृत्यु भएको छ ।

यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३४ हजार ७८४ पुगेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार ०८:२२