सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु

बाँके । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शुक्रवार राती घोडाघोडी नगरपालिका–१ कैलालीका ६९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–२ का २४ वर्षीया महिलाको मृत्यु भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समितिका फोकलपर्सन तेज ओलीका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि शुक्रवार थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका कैलालीका पुरुषको स्वास्थ्यमा सुधार नआउँदा शुक्रवार राती साढे ८ बजे मृत्यु भएको हो ।

त्यस्तै कोहलपुरका २४ वर्षीया महिलालाई श्रावन २० गते कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि श्रावण २३ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा शुक्रवार राती ९ बजे मृत्यु भएको ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्लाकै ३२६ जना र उपचारका लागि अन्यत्र जिल्लाबाट बाँके आएका ३९१ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार १९:२५