सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा शनिवार थप २८ जनामा कोरोना संक्रमण पुष्टि, २२ जना डिस्चार्ज

डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ३६

बाँके । बाँकेमा शनिवार थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १०५ नमुना परिक्षण गर्दा २८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ६, मेडिकल कलेज कोहलपुरमा २० र बागेश्वरी प्रयोगशालामा २ जना गरि थप २८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

शनिवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका १५ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ९४ पुगेको छ । यस्तै शनिवार २२ जना डिस्चार्ज भएका छ्न ।

यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ३६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १७५ रहेको ओलीले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार १९:१६