सूचनाको शक्ति - The Power Of Information

        

सरकारले दिएन कोरोना बीमाको ६ अर्ब भुक्तानी

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले कोरोना बीमाको ६ अर्ब १६ करोड भुक्तानी हुन नसकेको जनाएको छ । कार्यालयले ५८औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै १० अर्ब ९७ करोडको बीमा दाबी पेस भएको ६ अर्ब १६ करोड बाँकी रहेको उल्लेख गरेको छ ।

गत असारसम्म १७ लाख ५८ हजारले बीमा गरेका थिए । जसमा १ लाख १४ हजार बीमितले दाबी गरेका थिए । बीमाबापत १ अर्ब ५ करोड बीमा प्रिमियम संकलन भएकोमा प्रिमियमभन्दा ९ अर्ब ९२ करोड बढी दाबी पेश भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अहिले पनि धेरै कोरोना बीमितहरुले भुक्तानी पाउन सकेका छैनन् । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले बीमा भुक्तानी दिन पटक पटक निर्देशन दिएपछि केही भुक्तानी भए पनि अझै अर्बौँ बीमा दाबी भुक्तानी हुन नसकेको हो । अहिलेका अर्थमन्त्री जनार्दन शर्माले यसबारे पहल नै गरेका छैनन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १८:२७