सूचनाको शक्ति - The Power Of Information

        

तीन साहित्यकारलाई भारतीय अवार्ड

काठमाडौं । झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् ।

अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत भएका हुन् ।

विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुयाएवापत उहाँहरुलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ ।

दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्तरूपमा सो अवार्ड प्रदान गरेको हो ।

अवार्ड पाउने छ अङ्ग्रेजी साहित्यकार नेपालीहरूमा कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आले हुन् । अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा विष्णु पाण्डेयले वितरण गदै आएका छन्।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १०:१२