सूचनाको शक्ति - The Power Of Information

        

महिला विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा हुने

काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेट छनोट सन् २०२१ जिम्बाबेमा हुने भएको छ ।

छनाेट प्रतियोगिता नोभेम्बर २१ तारिखदेखि ५ डिसेम्बरसम्म हुने आईसीसीले जनाएको छ । गएको जुलाईमा श्रीलङ्कामा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण स्थगित गरिएको थियो । प्रतियोगितामा १० टोली सहभागी हुनेछन् ।

क्वालिफायरको शीर्ष तीन टोलीले मार्च ४ तारिखदेखि अप्रिल ३ सम्म न्युजिल्यान्डमा हुने आईसीसी महिला विश्वकप सन् २०२२ मा खेल्न पाउने छन् ।

प्रतियोगिताको आयोजक र मितिको टुङ्गो लगाए पनि तालिका भने सार्वजनिक गरको छैन । आईसीसीले केही दिनमै खेल तालिका सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ०८:४९