सूचनाको शक्ति - The Power Of Information

        

विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख नाघ्यो

एजेन्सी । विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख ९६ हजार ३९० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमित ४४ लाख १६ हजार २१८ जनाले ज्यान गुमाएका छन् ।

बितेको २४ घण्टामा विश्वमा ७ लाख १९ हजार ८४८ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अविधमा १० हजार ८६९ जनाले ज्यान गुमाएका छन् ।

५ लाख ३७ हजार ८२९ जनाले एक दिनमा कोरोनालाई जितेका छन् । अहिलेसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या १८ करोड ८७ लाख ३४ हजार ४७२ छ ।

१ करोड ७६ लाख ४५ हजार ७ सय जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १ लाख ८ हजार २९९ को स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ०७:५८