सूचनाको शक्ति - The Power Of Information

        

सागमा स्वर्ण पदक विजेता राईको कोरोनाबाट निधन

काठमाडौं । दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक धारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ ।

नेपालमा सम्पन्न आठौँ सागमा कराँतेमा स्वर्ण पदक जितेका कराँते खेलाडी राईको बुघवार नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

कोरोनाबाट सङ्क्रमित ५३ वर्षीय राईलाई एक साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो । राईले आठौँ सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

उनले विसं २०५५ मा बाँकेको नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा एकल कातातर्फ समेत स्वर्ण पदक जितेका थिए । उनका श्रीमती र एक छोरा छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार ०७:४९