सूचनाको शक्ति - The Power Of Information

        

केन्द्रीय समिति ९५ सदस्यीय

माधव नेपाल एमाले समाजवादीको अध्यक्ष, झलनाथलाई वरिष्ठ नेता

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा पुगेका छन् । नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टीको निवेदन दर्ता गराइसकेको छ ।

नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राखेको छ । नेकपा एमाले समाजवादी पार्टीमा नेता नेपाललाई नेपाललाई पहिलो वरीयता तोक्दै ९५ सदस्यीय केन्द्रीय समिति बनाएको नेता राजेन्द्र पाण्डेले बताए ।

आयोगमा दल दर्ता गराइएको सो पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको उनले बताए । एमालेमा रहँदा भने नेता नेपालको वरियता खनालपछि थियो । नयाँ पार्टीमा नेपाललाई अध्यक्ष र खनाल वरिष्ठ नेता बनाइएको उनले बताए ।

५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको भए पनि दुवै सदनका ३१ सांसदहरुले नेता नेपाललाई साथ दिएको उनको भनाइ छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल समूहले नयाँ पार्टी दर्ता गराएको हो ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १७:२५