काठमाडौं । नेकपा एमाले फुटाएर नयाँ दल दर्ताको तयारीमा रहेका माधवकुमार नेपाल समूहले अघि सारेका खुला किताब उन्नत लोकतान्त्रिक पार्टीले आफ्नो भएको दाबी गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
सो पार्टीका केन्द्रीय सदस्य बोधराज न्यौपानेले खुला किताब आफूहरुको भएको भन्दै आयोगको ध्यानाकर्षण गराएका छन् । उनले आफुहरुको चुनाव चिह्न नदिन ध्यानाकर्षण गराइएको जानकारी गराए ।
।