बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी
।
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन लागिएको स्रोतले जानकारी दियो ।
त्यसका लागि नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलको बैठक बस्दैछ । वाग्मती प्रदेश सभा सदस्य अरुण नेपालले मुख्यमन्त्रीबाट पौडेलले राजीनामा दिएको र शाक्यलाई मुख्यमन्त्री बनाउन लागिएको बताए ।
।