सूचनाको शक्ति - The Power Of Information

        

बागमतीको मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्ने भएकी छन् । शाक्यलाई संसदीय दलको नेता चयन गरेर आजै मुख्यमन्त्री घोषणा गर्न लागेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिए ।

अहिले संसदीय दलको बैठक जारी रहेको उनले बताए । अध्यक्ष केपी शर्मा ओलीको खरो विरोधमा उत्रिएकी शाक्यलाई मुख्यमन्त्री बनाएर ओलीले बागमती प्रदेशमा आफूलाई बलियो बनाएका छन् । शाक्यलाई नियुक्ति गर्नका लागि मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १६:१०