सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

निर्वाचन आयोगमा आजै दर्ता हुँदै दुई नयाँ दल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले दल विभाजन गर्न सक्ने अवस्था आएसँगै दुईवटा नयाँ दल थपिने भएका छन् ।

नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षीय केहीबेरअघि सकिएको केन्द्रीय कमिटी बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको हो । बैठकले पार्टीको नयाँ नाम नेकपा एमाले (समाजवादी) राखेको छ । सोही नाम दर्ताका लागि निवेदन लैजाने तयारी गरेको छ ।

एमाले (समाजवादी) पार्टीको चुनाव चिह्न खुल्ला किताब रहने एक केन्द्रीय सदस्यले जानकारी दिए । यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले पदाधिकारीबाट कारबाही गरेका महन्थ ठाकुरले जसपा (लोकतान्त्रिक) गठनका लागि निवेदन दिने तयारी गरेका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेशको खुकुलो प्रावधानको उपयोग अरू कुन–कुन दलले गर्नेछन्, त्यो भने अहिले नै भन्न सकिने अवस्था छैन ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १४:१७