सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नयाँ पार्टीको नाम ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुल्ला किताब’

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले दर्ता गर्ने नयाँ पार्टीको नाम एमाले समाजवादी राख्ने भएको छ ।

केहीबेरअघि सकिएको केन्द्रीय कमिटी बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको हो ।

नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने उक्त पार्टीको चुनाव चिह्न खुल्ला किताब रहने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १४:०२