सूचनाको शक्ति - The Power Of Information

        

पहिरोले नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द

काठमाडौं ।  पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द भएको छ । बिहान ५ बजेदेखि नै यो सडकखण्ड दुईतर्फी नै बन्द छ ।

काठमाण्डौसँगको मुख्य नाका भएकाले अहिले त्यहाँ लामो जाम छ । प्रहरीका अनुसार गाडीको लाइन पिप्लामोडदेखि कलंकीसम्म नै आइपुगेको छ । यस्तै नौबिसेबाट उता पनि गाडीको लामो लाइन छ ।

यो नाका भएर हरेक दिन सयौँ गाडी काठमाण्डौ भित्रने बाहिरिने गछर्न् । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

त्रिभुवन राजपथ अन्तर्गत सिस्नेखोला र खत्रीपाैवाको बीच भागमा पहिरो सडक ठप्प भएको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनु भएको छ ।

पानी परिरहेकाले  पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार ११:१८