सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार ०९:४९