सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार झलक गैरै मानव अधिकार पुरस्कारबाट पुरस्कृत

बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष एबम पत्रकार झलक गैरै मानव अधिकार पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

दैनिक नेपालगन्ज पत्रिकाका प्रकाशक/प्रधान सम्पादक समेत रहेको गैरेलाई राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार पुरस्कार प्रदान गरेको हो ।

आयोगले सोमबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रमका बीच पत्रकार गैरेलाई नगद ५० हजार सहित सम्मान गरेको छ ।

नेपालगन्ज न्यूजडटकमका सञ्चालक समेत रहेका गैरेलाई आयोगले पत्रकारिताको माध्यमबाट मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदान वापत सम्मान गरिएको हो ।

उनलाई आयोगका अध्यक्ष तप बहादुर मगरले प्रमाणपत्र र नगद हस्तान्तरण गरि पुरस्कृत गरेका थिए । यस्तै आयोगले आयोगको नेपालगन्ज स्थित कार्यालय प्रमुख झंकर रावल र सन्तोष चन्दलाई पनि पुरस्कृत गरेको छ ।

मानवअधिकार क्षेत्रमा विशेष योगदान पु¥याउने ब्यक्तिलाई मानव अधिकार आयोगले हरेक वर्ष पुरस्कृत गर्दै आएकोछ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १९:३९