सूचनाको शक्ति - The Power Of Information

        

नेपाल तेक्वान्दो संघ बाँकेको अध्यक्षमा प्रकाश लामिछाने

बाँके । नेपाल तेक्वान्दो संघ बाँकेको अध्यक्षमा प्रकाश लामिछाने चयन भएका छन ।

संघको मंगलबार कोहलपुरमा सम्पन्न तेस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा सरोज उप्रेती, सचिवमा जंगविर चौधरी र कोषाध्यक्षमा तिर्थ बहादुर शाही चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा रामरती थारु, निलिमा मल्ल, भक्त बहादुर बस्नेत, बल बहादुर वली र विर बहादुर परियार चयन भएका छन् ।

तेक्वान्दो संघ बाँकेका निवर्तमान अध्यक्ष मोहन वलीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा बाँकेको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगितामा भाग लिएर पदक जितेका खेलाडीहरुलाई सम्मान समेत गरीएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १९:३६