सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा कोभिड–१९ नियन्त्रण सचेतना अभियान शुरु

बाँके । बाँकेको कोहलपुरमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रमको सुरुवात भएको छ ।

“कोरोना महामारी रोकथाम र नियन्त्रणमा हाम्रो प्रतिवद्धता, मास्क लगाउनु नै हो आजको आवश्यक” भन्ने नाराका साथ कोहलपुरमा मंगलवारदेखि कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतना मुलक अभियान शुरु भएको छ ।

रेरी बाँके र कोहलपुर जेसीज वर्ष २०२१ को आयोजना, कोहलपुर नगरपालिका, ईलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको समन्वय र कारितास नेपालको आर्थिक सहयोगमा कोहलपुरमा सचेतना सम्बन्धी कार्यक्रम सुरु भएको हो ।

सो अभियान आवश्यकता अनुसार निरन्तर रुपमा संचालन हुने जनाईएको छ । कार्यक्रममा मास्क नलगाएका आम नागरिकलाई मास्क लगाउन अनुरोध गर्दै मास्क वितरण समेत गरिएका थियो ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १९:३३