सूचनाको शक्ति - The Power Of Information

        

अबैध चल्लासहति बाँकेमा ७ जना पक्राउ

बाँके । बाँके प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउदै गरेको कुखुराको चल्लासहित मानिस नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार पठाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मंगलबार बिहान ८ बजे नेपालगञ्ज– १३ मा अबैधबाटो हुँदै चोरी पैठारी गरी ल्याएको कुखुराको चल्ला ५ हजार ५ वटा, मानिस ७ जना र ७ वटा साईकल समेत नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा रहेका ७ जना मानिस बरामद चल्ला, साईकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाएको बाँके प्रहरीले जनाएको छ ।

भारतमा बर्डफ्लुको संक्रमण देखिएपछि भारतबाट पन्छि वा पन्छिजन्य बस्तु आयातमा प्रतिबन्ध छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १९:३०