सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीमा निर्मला मुठभरीलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

बुटवल । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभामा निर्मला मुठभरी भट्टराईलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।

यसअघि सांसद कल्पना पाण्डेयले पार्टी निर्णय र ह्वीप उल्लंघन गर्दै शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो ।

पाण्डेयको स्थानमा रुपन्देहीको सियारी गाउँपालिका छपियाकी निर्मलालाई सिफारिस गरेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए ।

पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले सोमबार यसबारे निर्णय गरेको र मंगलबार निर्वाचन आयोगमा पार्टीको सिफारिस दर्ता गरिएको यादवले बताए ।

लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये कल्पना पाण्डेयसहित सन्तोषकुमार पाण्डेय र विजयबहादुर यादव कारबाहीमा परेका थिए । पाण्डेय र यादव  प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १४:१५