सूचनाको शक्ति - The Power Of Information

        

भदौ महिनाको पहिलो दिन नै बढ्यो सुनको भाउ

काठमाडौं । भदौ महिनाको पहिलो दिन आज मंगलवार सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ भने चाँदी एक हजार २१० रुपैयाँ प्रतितोला पुगेको छ ।

गत सोमबार बजारमा सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यता तेजाबी सुनको मूल्य समेत गत सोमबारको मूल्य थप ४०० रुपैयाँले वृद्धि हुँदै मंगलबार ९० हजार ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १४:०२