सूचनाको शक्ति - The Power Of Information

        

बाजुरामा आज साँझ ७ बजेपछि सवारी साधन प्रवेशमा रोक

बाजुरा । कोरोना संक्रमणको जोखिम र बालबालिकामा ज्वरोको संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय बाजुराले आजदेखि कडाइ गरेको छ।

निषेधाज्ञा जारी नगरेपनि त्यही अनुसारको कडाइ गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। पूर्व सावधानीका लागि सबै प्रकारका उपाय अपनाउने निष्कर्ष सहीत आज देखि कडाइ गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन्।

साँझ ७ बजेपछि सवारी साधन जिल्ला प्रवेशमा रोक लगाउने देखि माक्स नलगाए १ सय जरिवाना गर्ने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन्।

प्रशासनले गरेको निर्णयको कार्यान्वयनका लागि सबै संयनत्र सबै प्रकारको तयारीका साथ परिचालन गरि सकिएको छ। बाजुरा गर्ने चार वटै नाकामा पुनः हेल्थ डेस्क स्थापना गरि अनिवार्य चेकजाँच गरेर मात्र जिल्ला भित्र प्रवेश गर्न दिने तयारी प्रशासनले गरेको छ।

कोरोना महामारीको तेस्रो लहर फैलिने जोखिम रहेकोले इकडी गाड, कोल्टी विमानस्थल, जुड्डी र धुलाचौर नाकामा हेल्थ डेस्क स्थापना गरिने बताईएको छ।

यस्तै सवारी साधनको हकमा अनिवार्य सबैले माक्सको प्रयोग, सीट क्षमता अनुसार यात्रु संख्या र सेनिटाइजर सहीत सुरक्षा मापदण्डको प्रयोग भनिएको छ।

कोविड १९ संक्रमण नियन्त्रणका लागि कार्यविधी नै बनाएर चेतना नभई मास्क नलगाउनेलाई १० रुपैँया जरिवाना सहीत माक्स अनिवार्य गराउने र चेतना भएर पनि माक्स नलगाउनेलाई १ सय रुपैँया जरिवाना गर्ने निर्णय गरेको छ ।

अनिवार्य माक्स अभियानमा असहयोग गर्नेलाई २ सय देखि ५ सय सम्म जरिवाना गर्ने पनि कार्यविधीमा उल्लेख गरिएको छ। भदौ १ गतेबाट जिल्लामा कुनैपनि सभा, सम्मेलन, प्रतियोगिता, पुजापाठ, मेला, उत्सव आयोजना गरी भेला गर्न नपाइने निर्णय गरेको छ।

होटल व्यवसायहरु पनि राती ८ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने निर्णय गरिएको छ। निर्णय विपरित कार्यहरु गरिएको पाइएमा संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गरिने जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार ०८:५३