सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

दुवै पक्षले आफ्नो रणनीति तय गर्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक र संसदीय दलको बैठक मंगलवार बस्ने भएको छ ।

सरकारले अकस्मात संसद अधिवेशन अन्त्य गरेसँगै सशंकित भएको एमालेले यसबारेमा छलफल गर्न मंगलबार बिहान ११ बजेको लागि स्थायी कमिटि बैठक बोलाइएको हो ।

सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउने उद्धेश्यले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै एकता आह्वान गरेका थिए ।

स्थायी कमिटि बैठक तुलसीलाल स्मृति भवनमा बस्ने छ भने अपरान्ह ३ बजे बानेश्वरमा संसदीय दलको बैठक बस्न लागेको हो।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार नेताहरूबीच अनौपचारिक कुराकानी भएपछि स्थायी र संसदीय दलको बैठक बोलाउने निर्णय भएको थियो।

सरकारले दलसम्बन्धी अध्यादेश ल्याउने गरी संसद अधिवेशन अन्त्य गरेपछि एमालेको दुवै समूहमा नयाँ तरंग सिर्जना भएको छ । दुवै पक्षले आफ्नो रणनीति तय गर्दैछन् ।

दल फुटाएर एमालेको माधव कुमार नेपाल समूहलाई समेटेर सरकारलाई पूर्णता दिने प्रधानमन्त्री शेर बहादुर देउवाको रणनीति छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार ०८:३२