सूचनाको शक्ति - The Power Of Information

        

हाइटीमा भूकम्पमा परेर १२ सय ९७ जनाको मृत्यु, ५७ सय घाइते

एजेन्सी । हाइटीमा शनिबार बिहान गएको भूकम्पमा परेर मृत्यु हुने संख्या एक हजार २ सय ९७ पुगेको छ ।

शनिबार गएको ७ दशमलब २ रेक्टर स्केलको भूकम्प पीडितहरूको उद्धार कार्य कार्य अझै जारीे छ । अधिकारीहरूका अनुसार कम्तीमा पाँच हजार ७ सय जना भूकम्पपछि भग्नावशेषमा पुरेर घाइते भएका छन् ।

हराइरहेका व्यक्तिको संख्या अझै एकीन हुन सकेको छैन । भग्नावशेषमा फसेकाहरूको अझै उद्धार भइरहेको छ । भत्केको होटेल, घर तथा विद्यालयबाट जिवितै निकाल्न सकिने आशामा उद्धार कार्य सञ्चालनमा रहेको बताइएको छ ।

भूकम्पबाट हाइटीको दक्षिण पश्चिमी भाग सबैभन्दा बढी प्रभावित भएको छ । लेस काएस शहरमा सबैभन्दा बढी क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १८:४४