सूचनाको शक्ति - The Power Of Information

        

सडक दुर्घटनामा दुई जनाको मृत्यु

बाँके । बाँकेमा सडक दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान राप्तीसोनारी–१ गाभरमा मालबहाक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका बर्दियाका चेतन बोहोरा र प्रदिप चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । दुबै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १०:४७