सूचनाको शक्ति - The Power Of Information

        

‘कपिल शर्मा शो’ को रिलिज मिति तोकियो

काठमाडौं । भारतीय टेलिभिजन सोनीमा पुनः एकपटक कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ प्रशारण हुँदैछ । शोको नयाँ प्रोमो भिडियो सार्वजनिक भएसँगै रिलिज मिति पनि तोकिएको छ ।

कपिल शर्माले इन्स्टाग्राममा शोको नयाँ प्रोमो भिडियो सेयर गरेका हुन् । नयाँ सिजनको ग्राण्ड ओपनिङ हुने भएको छ । जसमा पाहुनाको रुपमा बलिउड अभिनेताद्वय अक्षय कुमार र अजय देवगन देखिने छन् ।

धेरैपटक कपिलको शोमा आएका उनीहरुले नयाँ शोको ग्राण्ड ओपनिङको प्रमोशन गर्ने भएका हुन् । प्रोमो भिडियो सेयर गर्दै कपिल शर्माले यही अगस्ट २१ देखि शो प्रशारण हुने जानकारी गराएका छन् ।

शोमा अर्चन पुरण पनि आउने भएकी छन् । यस शोमा सुदेश लहिरी पनि देखिने भएका छन् । शोमा कृष्णा र सुदेशको जोडी देख्न सकिनेछ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १०:२४