सूचनाको शक्ति - The Power Of Information

        

तलकोटका ७ हजार ३९५ जनसंख्या खानेपानीको पहुँचमा

बझाङ । बझाङको तलकोट गाउँपालिका –२ रुपातोला घर भएका धन्जय जोशी उमेरले ४२ बर्ष पुगे । केहि बर्ष अघि लडेर घाँते भएका उहाँ अहिले सम्म राम्रो संग हिडडुल गर्न सक्नुहुन्न् ।

लौरोको साहाराले चर्पी, धारा र भित्र बाहिर गर्छन् । तलकोट गाउँपालिका र ग्रामिण जलश्रोत परियोजना अन्र्तगत एक घर एक धारा निर्माण पछी अहिले आफुलाई धेरै सजिलो भएको जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अपाङ्गता भएकाले टाढा जान सकिदैनथ्यो । घरको आँगनमै धारा बन ेपछी हात मुख धुन नुहाउन सजिलो भएको छ । घरमा धारा नहुदाँ समस्या भएको थियो ।’

त्यस्तै तलकोट गाउँपालिका – १ सुनिकोट घर भएकी ६० बर्षिया केशमती ऐडीले पनि टाढा नाउला पानी बोकेर खाएको सम्झदै भन्नुभयो, अहिले घरमा धारा बने पछी जति खेर पनि पानी भरेर ल्याउन सजिलो भएको छ ।’

गाई बस्तुहरुलाई खुवाउन, चर्पी सफा गर्न र बालबच्चा लगाएत मलाई पनि सरसफाई गर्न सहज भएको र टाढाबाट पानी बोकेर ल्याउँनु पर्ने दुख हटेको बताउनुभयो ।

तलकोट गाउँपालिकाको आर्थिक बर्ष ०७४÷०७५ देखी तलकोटको वडिगाउँ, धामीगाउँ लगाएतका ठाउँबाट सुरु गरिएको खाने पानी योजना निर्माण पछिल्लो समयमा तलकोट गाउँपालिका – १ को तेलेकाँडा बहुउपयोगि खानेपानी योजना समेत निर्माण भएको र तलकोट गाउँपालिकामा मात्रै हाल सम्म १ हजार ६२ घरधुरीमा धारा बनेको र जसबाट ७

हजार ३ सय ९५ जनसंख्या खानेपानीको पहुँच संग जोडिएको जलश्रोत इन्जिनियर लोकेन्द्र ओलीले बताउनुभयो ।
जसमा २ करोड १८ लाख तलकोट गाउँपालिकाले २ करोड ६१ लाख, उपभोक्ताहरुको जनश्र्रमदान र ५ करोड ३१ लाख नेपाल सरकार, फिल्याण्ड सरकार र युरोपियन युनियनको सहयोगमा धारा निर्माण गरिएकोे छ ।,

‘धारा निर्माण मात्र नभइ गाउँपालिकासंग साझेँदारीका रुपमा सिंचाई पोखरी, जिविको पार्जन, जलवायुपरिवर्तन, महिनावारी पुर्ण सरसफाई लगाएतका क्षेत्रमा समेत ग्रामिण जलश्रोत परियोजनाले काम गर्दै आएको बताउनुभयो ’

घर–घरमा धारा बनेपछी पानी पिउनलाई मात्र नभई खेरगएको पानीलाई उपयोग गरी आयआर्जनमा जोड दिनुका साथै सुनिकोट सदरमुकाम चैनपुर नजिक भएकाले तरकारी पकेट क्षेत्र बनाउनु पर्ने र ग्रामिण जलश्रोत परियोजनाले गरेका कामहरु समुदायमा प्रभावकारी बहुउपयोगी भएको जिल्ला समन्वय समिती प्रमुख खडक बहादुर खड्काले बताउनुभयो ।
२०७४ सालमा स्थानिय चुनाव भै आफु गाउँपालिका अध्यक्ष भए पछी स्थानिय सरकारसंग साँझेदारी गरी काम गर्नुपर्छ भन्दै तलकोट गाउँपालिकामा खानेपानी निर्माणका काम देखी अन्य क्रियाकलापहरु गर्दै आएको र योजनाहरुलाई दिगो बनाउनका तथा धेरै बर्ष सम्म बचाइ राख्न गाउँपालिका मात्रै नभएर व्यक्ति परिवार समुदायको सबै भन्दा बढी भुमिका हुने भएकाले धारा निर्माण भएका घरधुरीले मासिक मर्मत कोषको व्यवस्थामा ध्यान दिनुपर्ने तलकोट गाउँपालिका अध्यक्ष लाल बहादुर विष्टले बताउनुभयो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ०९:०७