सूचनाको शक्ति - The Power Of Information

        

अफगानिस्तान:

राष्ट्रपति भवनलाई कब्जा लिँदै तालिबानले भन्यो: युद्ध सकियो, राष्ट्रपति भागे

ट्रम्पले मागे बाइडेनको राजीनामा

काठमाडौं । राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गरेको छ ।  झण्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबान  राष्ट्रपति भवनमा प्रवेश गरेका हुन्।

हिजो बिहान मात्रै राजधानी काबुल छिरेका तालिबानले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताए पनि राष्ट्रपति अशरफ घानी देश छोडेर भागेपछि उनीहरू राष्ट्रपति भवनमा छिरेका थिए। तालिबानले अब युद्ध सकिएको र राष्ट्रपति घानी भागेका समेत बताएको छ ।

तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिर समेत खिचेका छन् । अब अफगानिस्तानमा अमेरिकी सेना र पश्चिमी राष्ट्रको दबदबा पनि सकिएको तालिबानले बताएको छ ।

अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै कूटनीतिकज्ञहरुलाई सम्बन्धित देशले फर्काउन थालेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ०८:३९