सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको बैजनाथ गाउँपालिका वडा न ५ बाल विवाह मुक्त घोषणा

बाँके । बैजनाथ गाउँपालिका वडा न ५ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।

आइतबार एक कार्यक्रमका विच बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको प्रमुख अथित्यमा वडा न ५ लाई बाल विवाह मुक्त घोषणा गरिएको बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष मन बहादुर खत्रीले जानकारी गराएका छन ।

बाल विवाह मुक्त वडा का निम्ति कार्यरत्त संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको छ । वडालाई बाल विवाह मुक्त घोषणा गर्न विशेष भूमिका खेल्ने प्लान नेपाल ,समाजिक सचेतन सरोकार मञ्ज र (स्याक नेपाल)का प्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

बैजनाथ गाउँपालिकामा ५ नम्बर वडा कार्यालय सहित वडा न १ र ८ वडाहरु बाल विवाह मुक्त घोषणा भएका छन ।गाउँपालिकाको रणनितिक योजना सबै वडामा वाल विवाह मुक्त घोषणा गर्दै जाने र कानून विपरित बाल विवाह भएको खण्डमा समाजिक बहिस्कार सहित कानूनी उपचार गर्ने बताइएको छ ।

नेपालको संविधानमा नै बाल विवाह गर्न हुदैन भनेको छ।’भने विवाह गर्न २० वर्षको उमेर हद कायम गरेको छ । कसैले बाल विवाह गरेको खण्डमा संविधानको १ सय ७३ को (२)उपदफा (१) विपरित भएको विवाह स्वतः बदर हुने कानूनमा उल्लेख गरिएको छ।

यसै गरी (३) उपदफा (१)बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षको कैद र ३० हजार जरिवाना कायम गरिएको छ। ‘तर समाजमा अझै पनि कानूनी ज्ञानको अभावका कारण बाल विवाह हुने गरेका छन ।’

यसलाई मध्य नगर गर्दै पहिला शिक्षाका रुपमा समाजलाई जागरुप बनाउने र कानून विपरित फेरी पनि बाल विवाह गरिए कानून अनुसार अगाडी बढ्छौँ बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले भनेका छन।

कार्यक्रममा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी कर्मचारी स्थानीय राजनितिक दलका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ०८:१०