सूचनाको शक्ति - The Power Of Information

        

हाइटी भूकम्प अपडेट : ३ सय बढीको मृत्यु, संकटकाल घोषणा

काठमाडौं । हाइटीमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३०४ जनाको मृत्यु भएको छ भने १,८०० जनाभन्दा बढी घाइते भएका छन्।

स्थानीय समयानुसार शनिबार बिहान त्यहाँ ७.२ म्याग्निट्यूडको भूकम्प आउँदा गिर्जाघर, होटल तथा भवनहरू भत्किएका थिए।

त्यहाँका प्रधानमन्त्री क्लाउड जोसेफले भूकम्पका कारण ‘ठूलो क्षति’ भएको बताएका छन्। त्यसैगरी देशमा एक महिना लामो सङ्कटकाल घोषणा गरेको सञ्चारमाध्यमहरुमा जनाइएको छ ।

सन २०१० को विनाशकारी भूकम्पको प्रकोपबाट हेइटी अझै तङ्ग्रिन बाँकी नै थियो।

शनिबारको भूकम्पको केन्द्रबिन्दु सेन्ट(लुइस डु सुड सहरबाट १२ किलोमिटरपर रहेको अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले बताएको छ।

उक्त भूकम्पको धक्का १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट(ओ(प्रिन्स तथा छिमेकी देशहरूमा पनि महसुस गरिएको थियो।

‘धेरै घरहरू भत्किएका छन्, मानिसहरू मरेका छन् अनि केही मानिस अस्पतालमा छन्’, भूकम्पको केन्द्रबिन्दुनजिकै बस्ने क्रिस्टेला साँ हिलेरलाई समाचारसंस्था एफएफपीले उद्धत गरेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतवार १७:५६